तोडियो निर्मल पुर्जाको रेकर्ड, तेन्जिङ र नर्वेजियन क्रिस्टिनले गरे ९२ दिनमै १४ हिमाल आरोहण

काठमाडाैं | साउन १२, २०८०

तोडियो निर्मल पुर्जाको रेकर्ड,  तेन्जिङ र नर्वेजियन क्रिस्टिनले गरे ९२ दिनमै १४ हिमाल आरोहण

काठमाडौं:   सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला १४ हिमाल ९२ दिनमै आरोहण गर्दै नेपाली पर्वातारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलाले नयाँ रेकर्ड कायम गरेका छन्।

 

हिजो बिहान ११ बजेर ४५ मिनेटमा दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेसँगै उनीहरूले नयाँ रेकर्ड कायम गरेको सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए।

 

यसअघि यो रेकर्ड निर्मल पुर्जा मगर उर्फ 'निम्स दाइ' को नाममा थियो। उनले ६ महिना ६ दिन लगाएर उक्त रेकर्ड कायम गरेका थिए। पुर्जाले पनि कोरियन नागरिकले ७ वर्ष लगाएर बनाएको रेकर्ड तोडेका थिए।

 

पुर्जाको रेकर्ड पनि धेरै पर्वातारोहीले भंग गर्न प्रयास गरे पनि विफल भएका थिए। तर अहिले पुर्जाभन्दा आधा समयमै उक्त रेकर्ड तेन्जिङ शेर्पा लामाले भंग गरेका छन्।

 

योसँगै अब छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने रेकर्ड नेपाली र नर्वेजियन नागरिकको नाममा रहेको छ।

 

उनीहरूसँगै हिजै २१ जनाको टोलीले माउन्ट केटुको सफल आरोहण गरेका छन्।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्